×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइसीएफसी फाइनान्सको १३% लाभांश हात पर्न कति बाँकी छ समय ? पुस २९ मा हुँदैछ एजिएम

रिमाइन्डर :
कम्पनी : आइसीएफसी फाइनान्स
लाभांश : १३% (५% बोनस सेयर र ८% नगद लाभांश)
बुक क्लोज हुने मिति : पुस १५ गते
सुरक्षित गर्ने अन्तिम मिति : पुस १४ गते 
सभा हुने मिति : पुस २९ गते
विवरण :
आइसीएफसी फाइनान्सले १३% लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि फाइनान्सले पुस १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ । तसर्थ, पुस १४ गतेसम्म कायम सेयर उक्त सभामा भाग लिन र लाभांश पाउनेछन् ।
पेस हुने प्रस्तावहरु :
५% बोनस सेयर र ८% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

सभा हुने स्थान र समय :
सीएमडी फुडल्याण्ड, टंगालमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८८ करोड २१ लाख ७२ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९२ करोड ६२ लाख ८१ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ३ करोड ५ लाख ७७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १३ रुपैयाँ ८६ पैसा
प्रतिसेयर नेटवर्थ : १५० रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: