×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भ्रम छर्ने काममा सधैं अगाडी ज्योति लाइफ इन्स्योरेन्स, सूचना अधिकारी लाजै पचाएर हाँस्दै भन्छन्, ‘सच्याउँछौँ’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

भ्रम छर्ने काममा सधैं अगाडी ज्योति लाइफ इन्स्योरेन्स, सूचना अधिकारी लाजै पचाएर हाँस्दै भन्छन्, ‘सच्याउँछौँ’

काठमाडौँ । कहिले कर्मचारीको नक्कली सर्टिफिकेट त कहिले के, बेला बेलामा अनेकथरी काण्ड घटीरहने ज्योति लाइफ इन्स्योरेन्स भ्रम छर्ने काममा पनि अगाडी देखिएको छ । 
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुलाई संस्थागत एजेन्टको काम गर्न रोकेपानी ज्योति लाइफ भने यसको झुटो प्रचार गरिरहेको फेला परेको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ‘वेबसाइट’ मा ‘कर्पोरेट एजेन्ट्स’ को नाम दिएर बीमा गर्नका लागि सम्झौता गरिएका बैंकहरुका नाम उल्लेख गरी अहिलेसम्म पनि राखेको छ । राष्ट्र बैंकले नै प्रतिबन्धित गराएको यस्तो कामलाई ज्योति लाइफले सार्वजनिक रुपमा वेव साइटमा राखेर जनताको आँखामा छारोमात्र हालेको छैन, नियामकप्रति अटेरीपनाको हद गरेर दादागिरीसमेत देखाएको छ । बैंकहरुले बैंकको काम भन्दा पनि बिमाको काम बढी गर्न थालेपछि केन्द्रीय बैंकले यस्तो कार्यलाई रोक लगाएको थियो ।
ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो वेव साइटमा एनआइसी एशिया बैंकदेखि सेन्ज्यचुरी कमर्सियल बैंकसम्मको नाम उल्लेख गरेर ती बैंकहरुलाई आफ्नो कर्पोरेट एजेन्टका रुपमा प्रस्तुत गराएर जनतालाई भ्रम छर्ने काम गरेको छ ।  
लाजै पचाएर हाँस्दै सूचना अधिकारी भन्छन्, ‘ह्या ह्या ह्या ! अव हटाउँछौँ’
यस विषयमा हामीले कमपनीका सूचना अधिकारी उमेश प्रसाद मैनालीलाई फोन गरेका थियौं । ‘मौद्रिक नीतिले संस्थागत एजेन्टको काम रोकेको यति धेरै समय भइसक्यो, तपाईंहरुलेचाहिं वेव साइटमा अझै हाम्रा संस्थागत एजेन्ट यी-यी बैंक हुन् भनेर राख्नुभएको छ । यो त जनतालाई भ्रमित बनाएको भएन र ?’ भन्ने हाम्रो प्रश्नमा कम्पनीका सूचना अधिकारी ठुलै जोक सुनेजसरी लाजै पचाएर हाँसे । ‘तपाईं त हाँस्नु भयो सर, हामीले जोक भन्यौं र ? भन्ने हाम्रो प्रश्नपछि भने उनले भने, ‘त्यो हटाउन नभ्याएको होला, सच्याउँछौँ ।’ उनको हलुका जवाफले यति संवेदनशील कुरामा कम्पनी कतिसम्म गैरजिम्मेवार छ भन्ने देखाएको छ ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: