कामना सेवा विकास बैंकको १०४औँ शाखा ललितपुरको सानागाउँमा, सिलवाल र सुवेदीद्वारा उद्घाटन !

ललितपुर
काठमाडौं - कामना सेवा विकास बैंकले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकास्थित सानागाउँमा आफ्नो १०४औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राजकुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जानकारी दिएको छ ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल १०४ वटा शाखा तथा ५३ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 
प्रकाशित मिति : Tuesday, December 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal