कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कामना सेवा विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ । सोमबारको कारोबारमा बैंकको ३ लाख ७५ हजार ३९८.३३ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

बैंकले गत आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ८% नगदसहित १.५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर अहिले सूचीकरण गरिएको हो । यो सेयरको कारोबार मंगलबारबाट गर्न सकिने छ ।
प्रकाशित मिति : Tuesday, December 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal