×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला, ब्याजदर १०.२५ प्रतिशत !

काठमाडौं – कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला भएको छ । बैंकले प्रतिकित्ता १ हजारका दरले ३ अर्व रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १२ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । 
बैंकले १० वर्ष अवधिको ‘कुमारी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । यो ऋणपत्र पुस १४ गतेदेखि पुस १७ गतेसम्म खुल्ला हुने छ । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा माघ १४ गतेसम्म आवेदन दिन पाइनेछ । 
न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: