नेप्सेमा ५ कम्पनीको १४ करोड २१ लाख २३ हजार ०१९.६३ कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५ कम्पनीको १४ करोड २१ लाख २३ हजार ०१९.६३ कित्ता सेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक, मुक्तिनाथ विकास बैंक, सिटिजन इन्भेष्टमेन्ट कोष र एनएमबि ५० को सेयर सुचिकृत भएको हो । 

नेप्सेमा सबै भन्दा बढी सेयर सुचिकृत हुनेमा एनएमबि ५० रहेको छ । एनएमबि ५० को १२ करोड ५० लाख कित्ता सुचिकृत भएको हो । त्यसपछि माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८४७ कित्ता बोनस सेयर र ३० लाख कित्ता ऋणपत्र, मुक्तिनाथ विकास बैंकको ५७ लाख २६ हजार ३०० कित्ता हकप्रद सेयर, सिटिजन इन्भेष्टमेन्ट कोषको २४ लाख २५ हजार १७४.६४ कित्ता बोनस सेयर र एनआइसी एसिया बैंकको १९ लाख ४३ हजार ६९८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।

नेप्सेमा सूचिकृत भएको माछापुच्छ्रे बैंक र एनआइसी एसिया बैंकको ऋणपत्रमा १०.२५ प्रतिशत ब्याजदर रहेको छ । साथै, सुचिकृत भएको बोनस सेयरको कारोबार बिहिबारदेखि गर्न सकिनेछ ।
प्रकाशित मिति : Wednesday, December 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal