लुम्बिनी विकास बैंकले गर्यो २०% लाभांश दिने घोषणा, नगद लाभांश र बोनस कति ?

काठमाडौँ - लुम्बिनी विकास बैंक लि. ले २०% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितको ३५० औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५% नगद लाभांश र ५% बोनस सेयर गरी कुल २०% लाभांश दिने निर्णय गरेको हो ।

 बैंकले १२ करोड ९३ लाख ४८ हजार १ सय ७७ रुपैयाँ ५५ पैसा बोनस सेयर र ३८ करोड ८० लाख ४४ हजार ५ सय ३२ रुपैयाँ ६५ पैसा नगद लाभांश वितरण गर्ने भएको छ  । 

बैंकको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Wednesday, December 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal