महालक्ष्मी विकास बैंकद्वारा दृष्टिबिहीनहरुका लागि सय थान सेतो छडी हस्तान्तरण

काठमाडौं - महालक्ष्मी विकास बैंकको थापाथली शाखाले दृष्टिबिहीनहरुका लागि सय थान सेतो छडी हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार सो मात्रामा सेतो छडी वितरण गरेको हो ।

बैंकले दृष्टिबिहीन बालबालिका तथा युवाहरुलाई दैनिक क्रियाकलापका साथै हिडडुल गर्न सहज होस भन्ने हेतुले सेतो छडी प्रदान गरी कार्यक्रम सम्पन्न गरेको थियो ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति : Wednesday, December 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal