बिहिबार ०.६२ अंकले घट्यो बजार, ५८ करोड ८६ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.६२ अंकले घटेर ११६७.४१ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७२ कम्पनीको १६ लाख ४१ हजार २११ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ८६ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको कुल १३ करोड २२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश एनआईसी एशिया ऋणपत्र र कृषि विकास बैंकको भएको छ । 

यस्तै बैंकिङ, व्यापार, विकास बैंक र जीवन विमा बढेका छन् भने होटल्स, फाइनान्स, निर्जीवन बिमा, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन समूह, अन्य, हाइड्रोपावर, माइक्रोफाइनान्स र म्युचुअल फन्ड घटेका छन् । 

बुधबार सबैभन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै पाँचथर पावर र हिमालयन पावर पाटनर कम्पनीले गुमाएका छन् ।
प्रकाशित मिति : Thursday, December 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal