×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिथिला लघुवित्तले पुस २९ मा बोलायो साधारणसभा, १५.७८९% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाले १५.७८९% लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा प्रयोजनको लागि संस्थाले पुस १५ गतेदेखि बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र उक्त कम्पनीको लाभांश हात पर्ने छन् ।
कम्पनीले गत वर्षको नाफाबाट १५% बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले सभामा सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१% र सर्वसाधारण समूहको ४९% कायम गर्ने प्रस्ताव पनि पेस गर्ने भएका छन् । 
सभा होटल राजदरवार सभाहल, जनकपुर, धनुषामा बिहान ११ बजेबाट सुरु हुने छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: