×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंक र टेस्ला डाएग्नोस्टिक क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा १०% सम्म छुट

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लि र टेस्ला डाएग्नोस्टिक क्लिनिक, वालुवाटारबीच बैंकका ग्राहकहरुलाई क्लिनिकले तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा टेस्ला डाएग्नोस्टिक क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले टेस्ला डाएग्नोस्टिक क्लिनिक, वालुवाटारमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १०% सम्म छुट पाउने व्यवस्था गरिएको छ । बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: