नेपाल दूरसञ्चार कम्पनीको ४५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

लाष्ट रिमाइन्डर :
कम्पनी : नेपाल दूरसञ्चार कम्पनी
लाभांश : ४५%
बुकक्लोज हुने मिति : मंगलबार (पुस १५ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (सोमबार, पुस १४ गते)
सभा हुने मिति : पुस २९ गते

विवरण :
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को ४५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २९ गते साधारणसभा बोलाएको यस कम्पनीले मंगलबारबाट बुक क्लोज गर्दैछ ।

सभामा पेस हुने प्रस्ताव :
४५% नगद लाभांश दिने,
आफूसँग मौज्दातमा रहेको रकम बैंक तथा वित्तीय संस्था, धितोपत्र वा अन्य कम्पनीको सेयर तथा ऋण पुँजीमा लगानी गर्ने,
प्रबन्धपत्र संशोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

सभा हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब टुंडिखेल, काठमाडौंमा दिउँसो १ बजे
प्रकाशित मिति : Monday, December 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal