नेपाल बंगलादेश बैंकको 'सिएसआर' : नि:सहाय सेवा सदनलाई १ लाख आर्थिक सहयोग


काठमाडौं - नेपाल बंगलादेश बैंकले नयाँ बानेश्वरस्थित नि:सहाय सेवा सदनलाई रु १ लाख रकमको आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बैंकले हस्तान्तरण गरेको सो रकमले सदनका नि:सहाय ज्येष्ठ नागरिकहरुका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध गराइएको हो । यो सहयोगले सदनमा आश्रित सबै ज्येष्ठ नागरिकलाई बसोबास तथा स्वस्थ उपचारमा सहज हुने सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठले जानकारी गराईन् ।

साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराए । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।
प्रकाशित मिति : Sunday, December 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal