×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बंगलादेश बैंकले पठायो ७% नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

काठमाडौं – नेपाल बंगलादेश बैंकले आफ्नो सेयरधनीलाई ७% नगद लाभांश खातामा पठाउन थालेको छ । बैंकले मंगलबार (पुस ८ गते) बाट नगद लाभांश सेयरधनीको खातामा पठाउन सुरु गरेको हो । 
बैंकले हालसम्म पनि डिम्याट खाता नखोल्ने सेयरधनीलाई आफूले खाता खोलेको बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत खाता खोल्न समेत आग्रह गरेको छ । खाता अपडेट गरेपछि मात्र लाभांश पाइनेछ । 
बैंकको सोमबार (पुस ७ गते) बसेको साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ७% नगद र ५% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर भने सीडीएस तथा नेप्सेमा सूचीकरण भएपछि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिने बैंकको भनाई छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: