नेपाल इन्भेष्टमेन्ट बैंकको १९% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर :
कम्पनी : नेपाल इन्भेष्टमेन्ट बैंक
लाभांश : १९%
बुक क्लोज हुने मिति : सोमबार (पुस १४ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, पुस १३ गते)
सभा हुने स्थान :  पुस २८ गते

विवरण :
नेपाल इन्भेष्टमेन्ट बैंकको १९% लाभांश सुरक्षित गर्ने आज आइतबार (पुस १३ गते) अन्तिम दिन हो । बैंकले सभा प्रयोजनका लागि पुस १४ गते सोमबारदेखि बुक क्लोज गर्दैछ । 

पेस हुने प्रस्तावहरु :
१०.५% बोनस सेयर र ८.५% नगद लाभांश दिने
कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने

सभा हुने स्थान र समय :
राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान १० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १४ अर्ब २२ करोड १० लाख ७२ हजार रुपैयाँ 
प्रकाशित मिति : Sunday, December 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal