नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, अपराह्न २ बजे बोलकबोल हुने !

काठमाडौं - नेपाल राष्ट्र बैंकले  ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले मंसिर १६ गते (सोमबार)दिउँसो २ बजे बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रिय बैंकले ९१ दिने अवधिको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। बिलको निष्कासन मंसिर १७ मंगलवार हुनेछ । बिल आगामी फागुन २० मा परिपक्व हुनेछ ।

सरकारलाई तत्कालै ऋण चाहिएको खण्डमा राष्ट्र बैंकले यस्तो ऋणपत्र जारी गर्ने गर्छ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : Monday, December 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal