×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबार १७.७७ अंकले बढ्यो बजार, ५९ करोड ५७ लाख माथिको कारोबार !

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १७.७७ अंकले बढेर ११६८.५८ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७७ कम्पनीको १७ लाख ५४ हजार ३६३ कित्ता सेयर खरिद बिक्री हुँदा ५९ करोड ५७ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिवम सिमेन्टस्को भएको छ । यस कम्पनीको कुल ५८ करोड ५६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नबिल बैंक र नेपाल बैंकको भएको छ । 
यस्तै बैंकिङ, व्यापार, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बिमा, जीवन बिमा,होटल्स, विकास बैंक, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन समूह, अन्य समूह र माइक्रोफाइनान्स बढेका छन् भने म्युचुअल फन्ड घटेको छ । 
सोमबार सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट र हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै पाँचथर पावर कम्पनी र दिब्यश्वोरी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: