नेपाल दूरसञ्चार कम्पनीले नगद लाभांश दिँदै, लाभांश पारित गर्न पुस २९ मा बोलायो साधारणसभा


काठमाडौं - नेपाल दूरसञ्चार कम्पनीले आफ्नो सेयरधनीहरुलाई नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफबाट प्रति कित्ता ४५ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ। 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अब साधारणसभाले अनुमोदन गर्नुपर्नेछ । कम्पनीले लाभांश पारित गर्न पुस २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब टुंडिखेल, काठमाडौंमा दिउँसो १ बजे साधारणसभा बोलाएको छ।सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १४ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।











प्रकाशित मिति : Tuesday, December 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal