×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘टुच्च’ बढ्यो बजार : १.१७ अंकले बढेको नेप्से ११५०.८१ विन्दुमा

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार १.१७ अंकले बढेर ११५०.८१ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ६७ कम्पनीको १४ लाख ८८ हजार ३०४ कित्ता सेयर खरिद बिक्री हुँदा ३७ करोड ४४ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिवमको भएको छ । यस बैंकको कुल ४७ करोड ६८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश एनएमबि बैंक र नेपाल बैंकको भएको छ । 
यस्तै होटल्स, विकास बैंक, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन समूह, अन्य समूह, माइक्रोफाइनान्स र  म्युचुअल फन्ड बढेका छन् भने बैंकिङ, व्यापार, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बिमा र जीवन बिमालगायतका अन्य उपसूचक घटेका छन् । 
आइतबार सबैभन्दा धेरै शिवम सिमेन्ट र पाँचथर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्स र अरुण काबेली पावरका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: