×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर अभियोगमा नेपाल बैंकका पूर्वशाखा प्रबन्धक पक्राउ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

बैंकिङ कसूर अभियोगमा नेपाल बैंकका पूर्वशाखा प्रबन्धक पक्राउ !

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसूर अभियोगमा नेपाल बैंकका कर्मचारीलाई पक्राउ गरेको छ । सिआइबीले बैंकको डिल्लीबजार शाखाका पूर्वशाखा प्रबन्धक भुपराज कोइरालालाई  पक्राउ गरेको हो । 
कोइरालालाई नेपाल बैंकका मानवस्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेको उजुरीको जाहेरीका आधारमा पुस ११ गते पक्राउ गरी उच्च अदालत पाटनबाट दिन ७ दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन अनुसार अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
सिआइबीले जारी गरेको विज्ञप्ति अनुसार कोइराला उक्त शाखामा शाखा प्रबन्धक रहँदा बैंकलाई अनावश्यक दायित्व उत्पन्न गराई अनुचित लाभ लिएको उल्लेख छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: