×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरा फाइनान्सको १४.२०% लाभांश पारित गर्न पुस १८ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं – पोखरा फाइनान्सले १४.२०% लाभांश पारित गर्न पुस १८ गते बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा प्रयोजनको लागि पुस ४ गतेदेखि पुस १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ । 
सभामा कम्पनीले ७% बोनस सेयर र कर प्रयोजन सहित ७.२०% नगद लाभांश प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । 
सभा दरबारथोक बैंक्वेट, बाँस्तोलाथर, पोखरा कास्कीमा बिहान ९ बजेबाट सुरु हुनेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: