×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु बैंक लिमिटेडले गर्यो नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् बचत र कर्जामा कति ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत र कर्जा दुवैतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दतितर्फ संस्थागतमा ८.५० प्रतिशत र व्यक्तिगततर्फ ९.२५ प्रतिशत ब्याज रहेको छ ।
हाल बैंकका २१ वटा बचत खाताहरु संचालनमा रहेका छन् । बचततर्फ सबैभन्दा बढी ६.५० र सबैभन्दा कम १ प्रतिशत  ब्याज दिने बैंकले जनाएको छ । 
यस्तै बैंकबाट कर्जा लिँदा १४.२४ प्रतिशत ब्याज तिर्नुपर्नेछ । बैंकले हायर पर्चेज, सेयर धितोकर्ता, इमोर्ट लोन, डिमान्ड लोन, टर्म लोन, कर्पोरेट लोन, होम लोन, हाउजिङ लोन, अटोलोन, शैक्षिक धितोकर्जा, हायर पर्चेजलगायतका कर्जा दिँदै आएको छ । बैंकबाट यी किसिमका कर्जा लिँदा १४.२४ प्रतिशत ब्याज लाग्नेछ ।
बैंकको असोज मसान्तसम्मको आधार दर ९.२४ प्रतिशत रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: