×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पुस दोस्रो साता कुन बैंकले कस्ता प्रोडक्ट बजारमा ल्याए ? हेर्नुहोस् ‘विक्ली प्रोडक्ट रिपोर्ट’ (विवरणसहित)

काठमाडौँ – बैंकले आफ्नो ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्नको लागि नयाँ नयाँ प्रोडक्ट बजारमा ल्याउने क्रम जारी छ । पुस दोस्रो साता यी ४ बैंकले आफ्नो नयाँ प्रोडक्ट बजारमा ल्याएको छ।
काठमाडौं । नबिल बैंक लिमिटेडले ३ वटा नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी उक्त कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले सक्षम र यूके एडसँगको सहकार्यमा नविल नारी कर्जा, नविल सजिलो एसएमई कर्जा र नविल सजिलो एक्स्प्रेस कर्जा योजना ल्याएको हो ।
नबिलले यी तिनै कर्जा योजनामा सस्तो ब्याजदर तोकेको छ । नविल नारी कर्जा र नविल सजिलो एसएमई कर्जामा ५ दिन भित्र स्वीकृत हुने पनि  बैंकले जनाएको छ । बैंकको अर्को कर्जा योजना हो नविल सजिलो एक्स्प्रेस कर्जा योजना । यो योजना अन्तर्गत १५ लाखदेखि ७५ लाखसम्मको कर्जा ३५ घण्टामै दिने व्यवस्था मिलाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिए ।
बैंकले नबिल नारी कर्जा अन्तर्गत वार्षिक ९.९९ प्रतिशत व्याजमा ५ लाखदेखि १ करोड ५० लाखसम्म कर्जा दिनेछ भने ५० हजारसम्मको क्रेडिट कार्ड सुविधा,  १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाखसम्मको जटिल रोग उपचार बीमा, ७५ हजारको टर्मलाईफ बीमा सुविधा रहेको छ । 
यस्तै नबिल सजिलो एसएमई कर्जा योजना अन्तर्गत पनि १०.५० प्रतिशत व्याजमा ५ लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा दिनेछ भने अन्य सुविधा ‘नबिल नारी कर्जा’ को जस्तै भएको बैंकले जनाएको छ ।
बैंकले सार्वजनिक गरेको नविल सजिलो एक्स्प्रेस कर्जा योजनामा वार्षिक १०.५ प्रतिशत रहेको छ । जुन ३५ घण्टामा स्वीकृत हुनेछ । यस योजनामा बैंकले ५ देखि ७५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउनेछ  । 
काठमाडौं – महालक्ष्मी विकास बैंकले घर बनाउन चाहनेलाई ९० प्रतिशत र किन्न चाहनेलाई ७० प्रतिशत कर्जा(ऋण) दिने भएको छ । बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई आवास कर्जा अन्तर्गत विशेष कर्जा सुविधा दिने भएको हो ।
अधिकतम २५ वर्ष अवधि रहेको यस योजना अन्तर्गत ग्राहकले वार्षिक ११.९९ प्रतिशत व्याजदरमा कर्जा लिन सक्ने छन् । कर्जा लिन चाहनेहरुको लागि बैंकले बढीमा ५ दिनमा कर्जा स्वीकृत गर्ने जनाएको छ ।
बैंकले घर निर्माणमा अग्रिम कर्जा प्रवाह गर्ने छ जसमा अग्रिम भुक्तानी शुल्क नलाग्ने कम्पनीले जनाएको छ । साथै, निशुल्क दुर्घटना बीमा गरिने बैंकले बताएको छ ।
बजारमा हुनसक्ने उतार चढावबाट ऋणीलाई सुरक्षित गर्नका लागि यस योजना अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित व्याजदर कर्जा अवधिभर यथावत्रहन पनि सक्ने व्यवस्था छ ।
घर खरिद गर्न अथवा घर निर्माण गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुनेछ । महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ । बैंकले हाल १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।
काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले आईभीआर (इन्टरर्याक्टिभ भ्वाइस रेसपोन्स) सेवा सञ्चालनमा ल्याएको छ । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने बैंकको विश्वास छ ।
ग्राहकले आईभीआर सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आईभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्नेछन् । आईभीआर सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहकहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आईभीआर सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुबै माध्यमबाट गर्न सक्नेछन् ।
ग्राहकहरुले एसएमएसद्वारा आईभीआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ । सर्वप्रथम दर्ता गर्नका लागि आईभीआर इस्पेस आफ्नो खाता नम्बर टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ । एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भए पश्चात आईभीआर सेवा उपयोग गर्नका लागि ०१-५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सक्नेछन् । ग्राहकहरुले फोन कलद्वारा आईभीआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ ।
आईभीआर सेवा प्रयोग गर्नका लागि ग्राहकले आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट यस बैंकको आईभीआर नम्बर ०१-५९७०१०० मा डायल गरिसकेपछि ग्राहकको सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
आईभीआर सेवाको प्रयोगबाट ग्राहकले आफूलाई अनुकुल हुने समयमा आफ्नो खाताबारे जानकारी पाउन सक्नेछन् जसबाट समयको बचत हुनुका साथै सहज ढंगले आफ्नो खाताको बारेमा निरन्तर अद्यावधिक जानकारी प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्ग धेरै लाभान्वित हुने विश्वास बैंकले लिएको छ साथै आगामी दिनहरुमा यो सेवालाई अझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।
काठमाडौं – प्रविधिको प्रयोगबाट बैंकहरुले उपभोक्तालाई दिने सुविधा बढाउने क्रममा सिद्धार्थ बैंकले नयाँ सुविधा ल्याएको छ । बैंकले अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट ग्राहकले विदेशी मुद्राको माग गर्न सक्ने सुविधा दिएको छ ।
बैंकका ग्राहकहरुले सस्तो टिकेट मार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट नै सजिलैसँग विदेशी मुद्राको माग गर्न सक्नेछन् । माग गरिको विदेशी मुद्रा, नगद अथवा कार्ड, बंैकका तोकिएका शाखाहरुमध्ये आफूलाई सहज हुने शाखाबाट संकलन गर्नु पर्ने बैंकले जनाएको छ ।
बैंकिङ्ग समयभित्र सजिलैसँग विदेशी मुद्रा अथवा कार्ड संकलन गर्न सकिने भएको हुँदा यस सुविधाले ग्राहकहरुको समयको बचत हुने बैंकले विश्वास लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: