×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता आइपीओ जारी गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ जारी गर्नको लागि रेटिङ गरेको छ । इक्रा नेपालले यो आइपीओलाई मध्यम किसिमको सुरक्षा जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड ४’ रेटिङ दिएको हो । रेटिङ गरेसँगै कम्पनीले अब नेपाल धितोपत्र बोर्ड आवेदन दिनुपर्नेछ । बोर्डबाट अनुमति पाएपछि आइपीओ जारी गर्नेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६३ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणमा बिक्री खुला गर्न लागेको हो । कम्पनीले आइपीओ जारी गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
रिलायन्सले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । यही जारी पुँजीको ३०% रकम बराबरको आइपीओ ल्याउन लागेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: