×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस !

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ । भीष्मराज ढुंगाना, निरज गिरी र डा. केशव प्रसाद श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस भएको हो । 
अध्यक्ष सिफारिसको लागि अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्य सदस्य रहेको छनोट समिति बनाएको थियो । 
अब मन्त्रिपरिषद्ले ३ मध्येबाट १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्नेछ । बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको ४ वर्षे कार्यकाल गत असोज मसान्तमा सकिएको थियो । उनी असोज दोस्रो सातादेखि नै बिदा बसेका थिए । उक्त समयदेखि अध्यक्ष पद खाली छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: