सानिमा लाईफ इन्स्योरेन्स र विराट हस्पिटलबीच सम्झौता, इन्स्योरेन्सका ग्राहकलाई स्वास्थ्य परीक्षण शुल्कमा विशेष छुट !

काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई विराट हस्पिटलमा स्वास्थ्य परीक्षण शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिना तथा हस्पिटलको प्रशाशक पदम वीनाडीले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक राजन निरौला तथा विराटनगर शाखा प्रमुख सन्तोष आचार्य समेतको उपस्थिति रहेको थियो । सम्झौता अनुसार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले प्रि मेडिकल चेक अप गर्दा विशेष छुट तथा नगद रहित सुविधा प्राप्त गर्न सक्ने छन् ।
प्रकाशित मिति : Sunday, December 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal