सप्तकोशी डेभलपमेन्ट बैंकको हदैसम्मको लापरवाही, नेप्सेले गर्यो सेयर कारोबार रोक्का


काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले धितोपत्र सूचीकरण विनियमावली २०७५ उल्लंघन गरेको भन्दै कारोबार रोक्का गरेको हो । 

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत कम्पनीहरुले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको एक महिनाभित्र वित्तीय विवरणसहितको प्रगति प्रतिवेदन पेश गर्नुपर्छ । तर, सप्तकोशी डेभलपमेन्ट बैंकले त्रैमासिक प्रतिवेदन पेश नगरेको हुनाले नेप्सेमा  सेयर कारोबारमा रोक लगाइएको हो । अब बैंकले असोज मसान्त सम्मको त्रैमासिक प्रतिवेदन पठाएपछि मात्र कारोबार खुला हुनेछ ।


प्रकाशित मिति : Tuesday, December 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal