×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिखर इन्स्योरेन्सले ३०% हकप्रद सेयर जारी गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

काठमाडौं – शिखर इन्स्योरेन्सले ३०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त सेयर जारी गर्नका लागि रेटिङ गराएको छ । इक्रा नेपालले शिखरको यो हकप्रदलाई सुरक्षित आधार जनाउने ‘ग्रेड ३’ प्सल रेटिङ दिएको छ । 
कम्पनीले ३०% हकप्रद सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । यसर्थ, कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
हाल शिखर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ३०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: