सिद्धार्थ बैंकको नयाँ शाखा वीरगंजको मुर्लीचौकमा, शिवाकोटी र केडियाद्वारा उद्घाटन !

वीरगंज
काठमाडौँ - सिद्धार्थ बैंकले आइतबार (पौष ६ गते) वीरगंज अवस्थित मुर्लीचौक शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । 

बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्धार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाबाट संयुक्त रुपमा भएको थियोे । बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९५ ATM र १,६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : Wednesday, December 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal