×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिन्धु विकास बैंकले ११.५१३% बोनस सेयर पारित गर्न पुस २९ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

एजिएम नोटिस :
कम्पनी : सिन्धु विकास बैंक
इभेन्ट : साधारणसभा 
हुने मिति : पुस २९ गते
विवरण :
सिन्धु विकास बैंकले १०औं वार्षिक साधारणसभा पुस २९ गते बोलाएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १६ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।
सभामा पेस हुने प्रस्तावहरु :
११.५१३% बोनस सेयर र कर प्रयोजनार्थ ०.५७५% नगद लाभांश दिने
कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने 
सभा हुने स्थान र समय :
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसेमा बिहान साढे ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड २७ हजार ३१६ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५५ करोड ७६ लाख पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: