×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोल्टी होटलको २६.३१५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

काठमाडौं – सोल्टी होटलको २६.३१५% लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । सोल्टीले पुस २४ गते बार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभाको लागि होटलले बुधबार (मंसिर २५ गते) देखि बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंगलबारसम्म मात्र कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्ने छन् । 
सोल्टीले गत वर्षको नाफाबाट १५% बोनस सेयर र ११.३१५% नगद वितरण गर्न लागेको हो । सभा नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सोल्टी होटलको हाल चुक्ता पुँजी ७३ करोड २६ लाख ७५ हजार रुपैयाँ छ । प्रस्तावित १५% बोनस सेयर वितरणपछि चुक्ता पुँजी ८४ करोड २५ लाख ७६ ६७५ रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: