×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंक र टर्किस एयरलाइन्सबीच सम्झौता, बैंकका ग्राहकले टर्किस एयरलाइन्समा १०% छुट पाउने !

काठमाडाैं – सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १० प्रतिशत छुट हुने भएको छ । बैंकले टर्किस एयरलाइन्ससँग टिकट सम्बन्धि सम्झौता गरेर आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने बताएको हो । मंगलबार बैंकले एक विज्ञप्ती जारी गर्दै १० प्रतिशत छुट हुने जनाएको हो । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्नक्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।
यस सम्झौता अन्तर्गत सनराइजका ग्राहकहरुले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७ प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्मको छुट पाउने व्यवस्था गरिएको छ । एयरलाइन्सको तर्फबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केचिची र सनराइज् बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
साथै उक्त सम्झाैता अनुसार बैंकका ग्राहकहरुले युरोप भ्रमणमाजाँदा थप १० के.जीसम्म सामान लैजान पाउने व्यवस्था गरिएको छ । छुटका लागी ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको काठमाडौं स्थित नारायणहिटी पथमा रहेको कार्यालयमा आफ्नो परिचय स्वरुप बैंकको कार्ड देखाइ टिकट खरिद गर्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: