×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

संघीयताको संक्रमण छ भन्दैमा अख्तियार चुप लागेर नबस्ने अख्तियार प्रमुख घिमिरेको चेतावनी (भिडियो रिपोर्ट)

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयेगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संघीयताको संक्रमण छ भन्दैमा अख्तियार चुप लागेर बस्न नसक्ने बताउनुभएको छ । 
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त घिमिरेले संघीयताको संक्रमण छ भन्दैमा अख्तियार चुप लागेर नबस्ने बताउनुभएको हो । उहाँले संघीयताको संक्रमण देखाएर कसैले पनि भ्रस्टाचार सम्बन्धी गतिविधि गर्न छुट नभएको बताउनुभयो । उहाँले कानून निर्माताहरुले नै कानुनको दायरा भित्र रहेर कार्यसम्पादन नगर्ने हो भने भ्रष्टाचार मौलाउँदै जाने समेत बताउनुभयो ।
प्रमुख आयुक्त घिमिरेले गत वर्ष अख्तियारले अदालतमा दायर गरेको मुद्दाहरुमा ८८ प्रतिशत सफलता मिलेको समेत बताउनुभयो । उहाँले यस वर्षको साउन यता १ सय ७० वटा मुद्दा दायर गरेकोले भ्रष्टाचार नियत्रणमा गतवर्ष भन्दा बढी सफलता पाउने बताउनुभयो । कार्यक्रममा मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले अदालतमा मुद्दा बढ्दै जानुले भ्रष्टाचार बढ्दै गएको स्पस्ट हुने बताउनुभयो । 
कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले नेपालमा बढ्दै गएको भ्रष्टाचारका कारण प्रजातान्त्रीक मूल्य मान्यताहरु विशर्जन हुने, कानूनी शासनमा क्षय हुने तथा अर्थतन्त्र कमजोर हुने खतरा बढेको बताउनुभयो ।हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: