×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यूनियन लाईफको दोस्रो साधारणसभा सम्पन्न, आईपीओ निष्काशनको प्रकृया अघि बढाउने

काठमाडौं – यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा पुस ४ गते(शुक्रबार) सम्पन्न भएको छ ।
साधारण सभाले कम्पनीबाट सर्वसाधारण समक्ष निष्काशन गरिने आइपीओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमति प्रदान गरेको छ । आइपीओ निष्काशनका लागि यस अघि २०७४/०७/१५ गते भएको प्रथम वार्षिक साधारण सभाले निर्णय गरिसकेको छ । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३०% का दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको वार्षिक साधारण सभाले संचलाक समितिको तर्फबाट पेश भएको आ.ब. २०७४/०७५ को वार्षिक प्रतिवेदन, आ.ब. २०७४/०७५ को लेखा परिक्षणको प्रतिवेदन, वासलात तथा नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदन(एनएफआरएस) बमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ । यसैगरी आर्थिक वर्ष २०७५/०७६ का लागि लेखा परीक्षकको नियूक्ती तथा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु समेत स्वीकृत गरेको छ ।
कम्पनीको दोस्रो वार्षिक साधारण सभामा अध्यक्ष शुलभ अग्रवालले मन्तव्य राख्दै नयाँ कम्पनी भएर पनि यूनियन लाइफले गरेको प्रगती प्रशंसायोग्य रहेको र आगामी दिन प्रभावकारी योजना सहित कम्पनीलाई आमनागरिकको भरोसायोग्य कम्पनी बनाउने बताएका छन् । यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले कम्पनीलाई बीमा क्षेत्रको उत्कृष्ट कम्पनी बनाउने जानकारी गराएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: