×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको भौचर मेला सम्पन्न ! (भिडियो रिपोर्ट)

काठमाडौँ – दुई दिने भौचर मेला मंगलबार सम्पन्न भएको छ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आयोजनामा भएको मेला मंगलबार सम्पन्न भएको हो । भौचरमा आधारित छोटो अवधिको तालिमा सहभागि हुन आवेदन दिएका मध्ये छनौट भएकाहरुलाई भौचर वितरण गर्ने उद्देश्यले सोमबार र मंगलबार गरी दुई दिने मेलाको आयोजना गरिएको थियो । मेलाबाट सहभागिहरुले भौचर लिएर आफुलाई पायक पर्ने ठाउँमा छनौट भएका तालिम केन्द्रबाट तालिम लिन सक्ने परियोजना निर्देशक चन्द्रकान्त भूसालले बताउनुभयो । तालिमको सम्पूर्ण शूल्क भौचरका आधारमा सरकारले व्यहोर्ने र सहभागिको कुनै शूल्न नलाग्ने उहाँले बताउनुभयो ।
यो आर्थिक वर्षमा ३१ हजार ७५० युवाहरुलाई तालिम दिने उद्देश्यले उपत्यकाभन्दा बाहिर नतिजामा आधारित र उपत्यका भित्र भौचरमा आधारित छोटो अवधिको तालिमको आयोजना गर्ने लक्ष्यसहित भौचर मेलाको आयोजना गरिएको थियो ।
भौचर मेलामा सहभागि हुन २६ हजार ३५९ जनाले आवेदन दिएपनि १० हजार ९४१ जनालाई भौचर वितरण गर्ने लक्ष्य राखिएको थियो । सुविधाहिन समूहका दलित, लोपोन्मुख, सिमान्तकृत जनजातिहरुका लागि रोजगारीको अवशर सिर्जना गर्ने उद्देश्यले परियोजना सुरु गरिएको हो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: