×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कानून र कार्यविधि स्पष्ट नभए विकास सम्भव छैन : प्रधानन्यायाधीश जबरा (भिडियो रिपोर्ट)

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कानून र कार्यविधि स्पष्ट नभए विकास सम्भव नभएको बताउनुभएको छ । नेपाल बार एशोसिएशनले आयोजना गरेको ‘कानून र विकास सम्मेलन’ लाई शुक्रबार सम्बोधन गर्दै प्रधान न्यायाधीश जबराले कानूनले विकासको लागि उपयुक्त वातावरण निर्माण र सहजिकरण गर्ने भएकाले कानून र कार्यविधि स्पस्ट हुनुपर्ने बताउनुभएको हो । 
उहाँले कानून र विकासको उचित सम्बन्ध र सन्तुलन स्थापित गर्न सरकारका सबै निकायहरुले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहले विकास र आर्थिक समृद्धिका लागि आवस्यक नीतिगत तथा कानूनी संरचना र कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कानून कुनैपनि मुलुकको राजनीतिक, आर्थिक सामाजिक विकासको आधार भएको बताउनुभयो । उहाँले परम्परागत रुपमा कानूनलाई विकास र समृद्धिको आधारको रुपमा लिएपनि पछिल्लो समय विकास र समृद्धिको आधारको रुपमा लिइने गरेको बताउनुभयो । नेपालको संविधानले पनि विकासकालाई संस्थागत प्रवन्ध गरेकाले सबै तहका सरकारहरुले स्रोत साधानको अधिकतम उपयोग गरी विकासका कार्यहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून, विकास, न्यायालय र राजनीति सँगसँगै जान नसके विकास सम्भव नभएको बताउनुभयो । उहाँले राजनीतिकर्मीहरुले आफ्नो अनुकुलको विकास मात्र गर्न खोजे सम्भव नभएको बताउनुभयो ।
सम्मेलनमा विकास र कानूनबीचको अन्तरसम्बन्धको खोजि गरिने बताइएको छ । सम्मेलन शनिबार सम्म चल्नेछ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: