×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सूचना प्रविधिको क्षेत्रमा उन्नती नभई अन्य क्षेत्रमा प्रगति गर्न सकिंदैन : सचिव सुवेदी (भिडियो रिपोर्ट)

काठमाडौँ – सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले सूचना प्रविधिको क्षेत्रमा उन्नती नभई अन्य क्षेत्रमा प्रगति गर्न नसकिने बताउनुभएको छ । आईसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाको उद्घाटन शत्रमा बोल्दै सचिव सुवेदीले डिजिटल नेपालको अभियान पनि यसैका लागि भएको बताउनुभयो । उहाँले कृषि, स्वास्थ्य, शिक्षा, उर्जा, पर्यटन तथा वित्त क्षेत्रमा डिजिटल नेपालको ढाँचा अनुसार काम भइरहेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्थाहरुको भूमिका सशक्त हुनुपर्ने बताउनुभयो ।
डिजिटल नेपाल बनाउने नेपाल सरकारको अभियानलाई साथ दिन मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले बताउनुभयो । ५० वटा स्टल रहेको मेलामा विभिन्न कम्पनीहरुले बनाएका नयाँ उत्पादनहरु प्रदर्शनीमा राखिएको उहाँले बताउनुभयो । मेलामा रोवर्टहरुको फुटबल, नास्टले तयार पारेको नानो स्याटेलाईट तथा नेपालीहरुले नै बनाएका रकेट स्याटेलाइटहरुको प्रदर्शनी मुख्य आकर्षण रहेको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: