×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सर्लाहीमा ५० हजार रुपैयाँ घुससहित सई र प्रहरी जवान अख्तियारको फन्दामा !

काठमाडौँ – सर्लाहीको ब्रम्हपुरी गाउँपालिकाबाट दुई प्रहरी घुस रकमसहित पक्राउ परेका छन् । उनीहरुलाई ५० हजार घुस रकमसहित मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास टोलीले पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव रहेका छन् । 
उनीहरुले भारतबाट नेपालमा समान ओसार्नमा सहज बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारको बर्दिवास टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि महोत्तरीको बर्दिवासस्थित कार्यालय लगिएको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: