×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१७ करोड ६७ लाख ठगी गर्ने गिरोह पक्राउ, बैंक हृयाक गर्ने गिरोहसँग कनेक्सन ! (भिडियो रिपोर्ट)

काठमाडौँ – भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगि गर्ने गिरोहलाई महानगरिय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ । अनलाइन ठगिमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल मार्फत ठगिधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको महानगरिय अपराध महाशाखा एसएसपी सहकुल थापाले बताउनुभयो । 
पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यसअघि कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा उनीहरुको संलग्नता रहेको उहाँले बताउनुभयो । नेपालमा ४० भन्दा बढी एजेण्टहरु रहेको र उनीहरुले अहिलेसम्म १५ देखि २० प्रतिशत कमिसन खाएर बाँकी रकम भारत पठाउने गरेका थिए । उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको एसएसपी थापाले बताउनुभयो । थापाले अहिलेसम्म ३४ जना नेपालीहरु अनलाइन ठगिमा संलग्न रहेको र १५ जना अनलाईनबाट ठगि पीडितहरु प्रहरीको संम्पर्कमा आएको बताउनुभयो । एजेण्टहरुले ठगि गरेर कारोबार गरेका बैंकहरुमा ह्याक हुन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: