×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

Breaking : फेरि समातिए बैंकको प्रणाली ह्याक गरी १७ करोड ठगी गर्ने गिरोह

काठमाडौँ । बैंकको प्रणाली ह्याक गरी १७ करोड ठगी गर्ने गिरोहलाइ महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । प्रहरीले बैंकका सिस्टम ह्याकिङ तथा विभिन्न सामाजिक सञ्जालबाट उपहार वा चिठ्ठा परेको भन्दै १७ करोड ठगी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा वर्ष ५२ का रमेश खड्का,वर्ष ३७ का विवेश्वर प्रसाद तिवारी, वर्ष १९ का संदिप कलवार रहेका छन् । कृषि विकास बैंकको हृयाकिङमा संलग्नहरुसँग समेत देखिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
यस्तै, महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापा अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: