×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको १६औँ शाखा खैरेनीमा, हिरा वहादुर खत्री र दिनेश लाल श्रेष्ठद्वारा उद्घाटन !

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले प्रदेश नम्बर पाँच खैरेनी, रुपन्देहीमा नयाँ शाखा कार्यालयको विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन देव दह नगरपालीकाका मेयर हिरा वहादुर खत्री र संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले सयुक्त रुपमा गरे ।
बैंकिङ्ग सेवामा एटिएम, मोबाइल बैंकिङ्ग, लगायतका विभिन्न आधुनिक सेवाका साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेपमा बीमा सुविधा भएको जनाएको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले निक्षेप संकलन ४ अर्ब १३ करोड तथा कर्जा ३ अर्ब ३४ करोड प्रवाह गरी २०७६ आश्विन मसान्तसम्ममा २ करोड ३४ लाख संचालन मुनाफा गरेको संस्थाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: