ज्योति विकास बैंक लिमिटेडद्वारा सेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनस सेयर दिने घोषणा !

काठमाडौं - ज्योति विकास बैंक लिमिटेडले १२.७५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । 

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ रहेको छ । जसबाट कुल ३९ करोड ५२ लाख ५४ हजार ८४५ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । बोनस वितरण पश्चात बैंकको चुक्ता  पुँजी ३ अर्ब ४९ करोड ५२ लाख ९२ हजार पुग्नेछ । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण सुरु गरिनेछ । 

गत वर्ष ज्योतिले ८.४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस आधारमा लाभांश अनुपात बढेको देखिन्छ ।


प्रकाशित मिति : Thursday, December 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal