कञ्चन डेभलपमेन्ट बैंकले गर्यो १७% लाभांश दिने निर्णय, बोनस सेयर र नगद कति ?

काठमाडौं - कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई १७% लाभांश दिने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजन सहित ७% नगद लाभांश दिने निर्णय गरेको हो । 

बैंकले ५ करोड ३१ लाख ३० हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने ३ करोड ७१ लख ९१ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । बैंकको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । 

गत वर्ष कञ्चनले ५% बोनस सेयर र ६.२९% नगद लाभांश दिएको थियो ।
प्रकाशित मिति : Friday, December 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal