×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

“हेम बहादुर मल्ल” पुरष्कारबाट कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई सम्मानित गरिने ! (भिडियो रिपोर्ट)

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ चिकित्सक सन्दुक रुईत हेम बहादुर मल्ल सम्मान पुरष्कारबाट सम्मानीत हुनुहुनेभएको छ । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबार पत्रकार सम्मेलन गरी घिसिङ र रुईतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी गराएको हो । 
साल्ट ट्रेडिङले घिसिङलाई लामो समयदेखिको लोडसेडिङ समस्यालाई हटाउन योगदान गरेको र रुईतलाई आँखा उपचारमा अतुलनीय योगदान गरेकोले उक्त पुरष्कार प्रदान गर्न लागिएको जनाएको छ । सम्मान प्रदान गर्न गठीत उच्चस्तरीय छनोट समितिका संयोजक कृष्णहरी बास्कोटाले घिसिङलाई २०७३ सालको र रुईतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गर्न लागिएको बताउनुभयो ।
हेमबहादुर मल्ल सम्मान पुरष्कार २०५९ सालमा स्थापना गरिएको हो । बाग्लुङमा जन्मनुभएका मल्ल साल्ट ट्रेडिङ कर्पोरेशन महाप्रवन्धक भई रोलमोडल प्रशासन र व्यवस्थापकको रुपमा काम गर्नुभएकोले कर्पोरेशनले उहाँको सम्झनामा उक्त पुरस्कारको स्थापना गरेको हो । पुरष्कार २ लाख राशीको रहेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: