×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित (भिडियो रिपोर्ट)

काठमाडौं । लक्ष्मी बैंकको १९औं वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई बोनस शेयर र नगद लाभांस दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैंकको साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश र चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो । बैंकले ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ बराबरको नगद लाभांश र ८९ करोड २० लाख ५० हजार ८६४ रुपैयाँ बराबरको बोनस शेयर दिने भएको हो । नगद लाभांशमा कर प्रयोजनका लागि समेत छुट्याइएको बैंकले जनाएको छ । बैंकका सञ्चालक रमण नेपालले बैंकले निक्षेप तथा कर्जामा उल्लेखनिय वृद्धि गर्त सफल भएको र झण्डै ३५ प्रतिशत खुद नाफा वृद्धि गर्न सफल भएको बताउनुभयो ।

यस्तै बैंकले उपयुक्त बैंक वा वित्तिय संस्था एक आपसमा गाभ्ने-गाभिने तथा अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सन्दर्भमा काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । लक्ष्मी बैंकले ४८ जिल्लामा ११९ शाखा, १४४ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ । हेर्नुहोस् भिडियो:

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: