×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लेखापरीक्षकहरुका कारण भ्रष्टाचार बढ्यो : अख्तियार प्रमुख आयुक्त घिमिरे (भिडियो रिपोर्ट)

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले लेखापरीक्षकहरुका कारण भ्रष्टाचार बढ्दै गएको बताउनुभएको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ विषयको राष्ट्रिय सम्मेलनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले लेखापरीक्षकहरुले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको बताउनुभएको हो । प्रमुख आयुक्त घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कतिपय अनुसन्धानमा सुरुदेखि नै लेखापरीक्षकका लागि भाग छुट्याउने गरेको पाइएको बताउनुभएको हो । 
कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले निजी र सरकारी सबै क्षेत्रमा भ्रष्टाचार र ठगी बढ्दै गएको बताउनुभएको छ । उहाँले निजी क्षेत्रबाट ठगी हुने र सरकारी निकायहरुबाट भ्रष्टाचार हुने गरेको बताउनुभयो । उहाँले लेखापरीक्षकहरुले लेखापरीक्षण गरी प्रमाणित गरेका कतिपय विषयहरुमा भ्रष्टाचार र ठगी भेटिने गरेको बताउनुभयो । यसबाट लेखापरीक्षकहरु व्यवसायीक धर्मबाट विचलन भएको पाइएको बताउँदै त्यस्तो अवस्था आउन दिन नहुने उहाँले बताउनुभयो । महालेखापरीक्षक शर्माले पवित्र उद्देश्यले खोलिएको धार्मिक संस्था तथा कृषि उत्पादनमा समेत भ्रष्टाचार हुने बताउँदै हिसाब मिलाएर गरिने भ्रष्टाचार केलाउन चुनौति रहेको बताउनुभयो । त्यस्तै भ्रष्टाचारलाई कम गर्न लेखापरीक्षणका मापदण्डहरुले वित्तीय ठगिको परिभाषाहरुलाई समेत समावेस गर्नुपर्ने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: