×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजार अनुगमनको कार्यशैली फेर्नुपर्छ : उद्योगमन्त्री लेखराज भट्ट (भिडियो रिपोर्ट)

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमिका कारण उपभोक्ताहरु ठगिने गरेको बताउनुभएको छ । बजार व्यवस्थापन तथा उपभोक्त संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताउनुभएको हो ।
उपभोक्ताहरुले कुनै वस्तु खरिद गर्दा उत्पादन भएको मिति, म्याद सकिने मितिका विषयमा जानकारी नै नराख्ने गरेका कारण ठगिको क्रम बढेको उहाँले बताउनुभयो । कुनै पनि वस्तु खरिद गर्दा म ठगिन सक्छु । मेरो स्वास्थ्यमा पतिकुल असर पर्छ कि पर्दैन भन्ने कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उपभोक्ता हितका लागि बनेको संगठनहरुको प्रकृति र उद्देश्य बुझ्न जरुरी रहेको भन्दै मन्त्री भट्टले यसका लागि सचेतना अभियान गाउँ गाउँसम्म पुग्न जरुरी रहेको बताउनुभयो । 
बजार अनुगमनको कार्यशैली फेर्नुपर्ने भन्दै उहाँले अहिलेपनि मध्यमवर्गिय जनतामा वस्तुको मूल्य, उत्पादन र म्याद सकिने मिति सोध्न नसक्ने कमजोरी विद्यमान रहेको बताउनुभयो ।

ठगि गर्ने विरुद्ध पटक पटक हुने दण्ड जरिवनाको प्रकृति एउटै भएका कारण पनि उपभोक्तालाई ठगि गर्ने क्रम नरोकिएको उहाँले बताउनुभयो । उपभोक्ताको हक संरक्षणका लागि पहिले आफुबाट परिवर्तन हुन सकेमात्रै अरुलाई परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो । अन्तरक्रियामा अन्य सहभागिहरुले यस्ता अभियानलाई वडा तहसम्म लैजानुपर्ने धारणा राख्नुभएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: