मुक्तिनाथ विकास बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, बचत र कर्जामा कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सुचना जारी गर्दै बचत र कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

मुक्तिनाथले हाल २५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपतर्फ १० प्रतिशत ब्याज रहेको छ । बैंकले ३ प्रकारको मुद्दति खाता सञ्चालनमा ल्याएको छ । जसमा न्यूनतम ५० देखि ५ हजारसम्म रकम हुनुपर्नेछ । 

बैंकले विभिन्न किसिमका कर्जा दिँदै आएको छ । बैंकबाट ऋण लिँदा १७.१७ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । बैंकबाट होम लोन, हायर पर्चेज लोन, रियल स्टेट लोन, पर्सनल लोन, सेयर धितोकर्जा लिँदा १७.१७ प्रतिशत ब्याज लाग्नेछ ।

कात्तिक मसान्तसम्म बैंकको आधारदर ११.१७ प्रतिशत रहेको छ । 
प्रकाशित मिति : Wednesday, December 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal