×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल बैंकले ल्यायो आकर्षक कर्जा योजना, १५ लाखदेखि ७५ लाखसम्मको कर्जा ३५ घण्टामै दिने, यस्ता छन् अन्य सुविधाहरु ?

काठमाडौं । नबिल बैंक लिमिटेडले ३ वटा नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी उक्त कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले सक्षम र यूके एडसँगको सहकार्यमा नविल नारी कर्जा, नविल सजिलो एसएमई कर्जा र नविल सजिलो एक्स्प्रेस कर्जा योजना ल्याएको हो ।
नबिलले यी तिनै कर्जा योजनामा सस्तो ब्याजदर तोकेको छ । नविल नारी कर्जा र नविल सजिलो एसएमई कर्जामा ५ दिन भित्र स्वीकृत हुने पनि  बैंकले जनाएको छ । बैंकको अर्को कर्जा योजना हो नविल सजिलो एक्स्प्रेस कर्जा योजना । यो योजना अन्तर्गत १५ लाखदेखि ७५ लाखसम्मको कर्जा ३५ घण्टामै दिने व्यवस्था मिलाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिए ।
बैंकले नबिल नारी कर्जा अन्तर्गत वार्षिक ९.९९ प्रतिशत व्याजमा ५ लाखदेखि १ करोड ५० लाखसम्म कर्जा दिनेछ भने ५० हजारसम्मको क्रेडिट कार्ड सुविधा,  १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाखसम्मको जटिल रोग उपचार बीमा, ७५ हजारको टर्मलाईफ बीमा सुविधा रहेको छ । 
यस्तै नबिल सजिलो एसएमई कर्जा योजना अन्तर्गत पनि १०.५० प्रतिशत व्याजमा ५ लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा दिनेछ भने अन्य सुविधा ‘नबिल नारी कर्जा’ को जस्तै भएको बैंकले जनाएको छ ।
बैंकले सार्वजनिक गरेको नविल सजिलो एक्स्प्रेस कर्जा योजनामा वार्षिक १०.५ प्रतिशत रहेको छ । जुन ३५ घण्टामा स्वीकृत हुनेछ । यस योजनामा बैंकले ५ देखि ७५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउनेछ  । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: