×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपा सचिवालय बैठक : प्रदेश नम्बर ३ को नाम बागमती, राजधानी हेटौडा ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ पुष २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

नेकपा सचिवालय बैठक : प्रदेश नम्बर ३ को नाम बागमती, राजधानी हेटौडा ! (भिडियो रिपोर्ट)

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम र केन्द्र टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र केन्द्र हेटौडा नै राख्ने निर्णय गरेको हो । वरिष्ठ नेता झलनाथ खनालले छोटो समयका लागि बसेको बैठकले प्रदेशको नाम र केन्द्रको विषयमा निर्णय गरेको बताउनुभयो । सबै पक्षहरुलाई ध्यानमा राख्दै साझा नामाकरण गर्न आवश्यक रहेकाले प्रदेशको नाम बाग्मती राख्ने र केन्द्र तत्कालका लागि हेटौडा नै कायम गर्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो ।
बैठकमा सभामुख चयन र राष्ट्रिय सभा निर्वाचनको विषयले भने प्रवेश नै पाएन् । नेकपाका महासचिव विष्णु पौडेलले समय अभावका कारण बैठकमा सभामुख चयन र राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल हुन नसकेको बताउनुभयो । उहाँले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशनको बारेमा स्थायी कमिटिको निर्णय बमोजिम नै हुने बताउनुभयो ।
पुस ४ गतेबाट हिँउदे अधिवेशन सुरु भएपनि सभामुख चयनको प्रकृया अगाडी बढ्न सकेको छैन् । निवर्तमान सभामुख कृष्णबहादुर महरा यौंन दुव्र्यवहारको आरोप लागेपछि पूर्पक्षका लागि थुनामा छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना हिउँदे अधिवेशनबाट पारित गराउने बताउँदै आएपनि पार्टीको स्थायी कमिटी बैठकमा यसको विरोध भएको थियो । स्थायी कमिटीले एमसीसीका विषयमा आवश्यक निर्णय गर्ने जिम्मा सचिवालयलाई नै दिएको थियो । हेर्नुहोस् भिडियो : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: